जेठ ०४, २०८१, शुक्रबार
               

नेप्से ३.७० अंकले बढेर २२३९.४२ विन्दुमा

नेपाल फ्ल्यास
पुस २७, २०७७

ADVERTISEMENT

काठमाडौं । साताको दोस्रो दिन नेपाल स्टक एक्सेन्ज (नेप्से) ३.७० अंकले बढेर २२३९.४२ को विन्दुमा कायम भएको छ । 

बैंकिङ समूहको शेयर झण्डै तीन अङ्कले, विकास बैंक समूहको साढे २८, जलविद्युतको तीन, फाइनान्सको ११, निर्जीवन बीमाको १ सय ७६ र जीवन बीमा समूहको शेयर १ सय ६१ अङ्कले बढेको छ । व्यापार, होटल, उत्पादन, माइक्रोफाइनान्स र अन्य समूहको शेयर घटेको छ ।

आज २०८ वटा कम्पनीका एक करोड ३५ लाख कित्ता शेयर पाँच अर्ब ५२ करोड ४८ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सिद्धार्थ बैंकको ४२ करोड ६२ लाख रुपैयाँको शेयर किनबेच भएको छ । 

यसैगरी, आज आरम्भ चौतारी लघुवित्त, नारायणी विकास बैंक, युनाइटेड फाइनान्स र कर्पोरेट विकास बैंकका लगानीकर्ताले ९ प्रतिशतभन्दा धेरै कमाएका छन् । ​मल्टिपर्पोज फाइनान्सका शेयर धनीले भने सबैभन्दा धेरै झण्डै ६ प्रतिशत गुमाएका छन् ।  


कस्तो लाग्यो ?

यो पनि