जेठ ०४, २०८१, शुक्रबार
               

आज सुनको मूल्य घट्यो

नेपाल फ्ल्यास
पुस २६, २०७७

ADVERTISEMENT

काठमाडौं ।  नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आइतबार प्रतितोला २ हजार ३०० रूपैयाँले घटेको छ ।

छापावाला सुन शुक्रबार प्रतितोला ९५ हजार ३०० रूपैयाँमा कारोबार भएकोमा आज ९३ हजार रूपैयाँ कायम गरिएको छ ।

यस्तै,  तेजाबी सुन आज प्रतितोला ९२ हजार ५०० रूपैयाँमा कारोवार भइरहेको छ । 

आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार १ हजार ३३० रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार २७० रूपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि