जेठ ०४, २०८१, शुक्रबार
               

त्रिभुवन विमानस्थलबाट डिजेल बस हटाउन वायुसेवालाई पत्राचार

नेपाल फ्ल्यास
पुस २४, २०७७

ADVERTISEMENT

काठमाडौं ।सरकारले त्रिभुवन विमानस्थलभित्र टर्मिनल भवनबाट डिजेल र्‍याम्प बस हटाउने योजना बनाएको छ ।

नागरिक उड्डयन प्राधिकरणले हवाइजहाजसम्म लैजाने र अवतरणपछि टर्मिनल भवनसम्म ल्याउने सो सवारी साधनलाई विस्थापित गरी विद्युतीय बस प्रतिस्थापन गर्ने भनी प्राधिकरणले सबै वायुसेवा कम्पनीलाई पत्र समेत काटेसँगै सो सवारीसाधन हट्ने भएको हो । 

प्राधिकरणले वायुसेवा कम्पनीलाई पठाएको सो पत्रमा डिजेल बस हटाएर त्यसको साटो विद्युतीय बस प्रतिस्थापन गर्ने उल्लेख छ । प्राधिकरणले कम्पनीहरुसँग रहेका मौजुदा बसको प्रदूषण नापजाँच, हरेक सवारीको सीट संख्या, खरिद भएको वर्ष, सवारीको प्रकार समेत खुलाई प्राधिकरणमा पठाउन पत्राचार गरिएको हो ।

प्राधिकरणको सो निर्णयसँगै कोरोना भाइरसको महामारीबाट माथि उठ्न नपाएका वायुसेवा कम्पनीलाई अतिरिक्त भार पार्ने देखिएको छ ।

यो पनि