बैशाख २३, २०८१, आइतबार
               

चन्द्रागिरि हिल्सको आइपिओ आजबाट बिक्री खुला

नेपाल फ्ल्यास
पुस २४, २०७७

ADVERTISEMENT

काठमाडौं । चन्द्रागिरि हिल्सको आइपिओ आज (शुक्रवार) बाट सर्वसाधारणको लागि बिक्री खुला भएको छ । 

कम्पनीले १५ लाख ३४ हजार ९१ कित्ता आइपिओ निष्कासन गरेको हो ।

त्यसमध्ये ६१ हजार ३६४ कित्ता कर्मचारीको लागि, ७६ हजार ७०५ कित्ता सामूहिक लगानी कोषको लागि छुट्याएको छ । 

बाँकी रहेको १३ लाख ९६ हजार २२ कित्ता साधारण शेयर सर्वसाधारणको लागि हो । 

आवेदकले न्यूनतममा १० कित्ता र अधिकतम १३ हजार ९६० कित्तासम्म आवेदन गर्न सक्नेछन् । आइपिओ पुस २८ गते बन्द हुने छ ।

तोकिएको समयमा आवश्यक आवेदन नपरेमा माघ ९ गतेसम्म म्याद थपिने छ । 

कम्पनीको आइपिओ बाँडफाँटपछि चुक्तापूँजी १ अर्ब ५३ करोड ४० लाख ९०१ हजार पुग्नेछ । यो कम्पनीले यसअघि स्थानीय बासिन्दाका लागि आइपिओ निष्कासन गरिसकेको थियो । 

यसको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 

आवेदकले सी आस्बा सेवा, सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत आवेदन गर्न सक्नेछन् । 

यो पनि