जेठ ०४, २०८१, शुक्रबार
               

सिटिजन्स बैंकको साधारण सभा माघ १५ गते हुने

नेपाल फ्ल्यास
पुस २३, २०७७

ADVERTISEMENT

काठमाडौं । सिटिजन्स बैंकको साधारण सभा माघ १५ गते हुने भएको छ ।  

यस बैंकको पुस २२ गते बसेको सञ्चालक समितिको बैठकले  साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभा बैंकको प्रधान कार्यालय नारायणहिटी पथ, दरबारमार्गमा बिहान ११ बजे हुनेछ । 

उक्त सभाले सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्नेछ ।

तिनाउ मिसन डेभलपमेण्ट बैंकको १०० कित्ता बराबर सिटिजन्स बैंकको ९६ कित्ता शेयर मूल्य अनुपात कायम गर्ने एजेण्डा रहेको छ । 

सिटिजन्स बैंकसँग तिनाउ मिसन डेभलपमेण्ट बैंक गाभिएपछि हाल बैंकको चुक्ता पूँजी ११ अर्ब ६६ करोड २० लाख पुग्नेछ । 


कस्तो लाग्यो ?

यो पनि