काठमाडौं । साताको अन्तिम दिन आज (बिहिबार) कारोबार भएको पहिलो घण्टामा नेप्से परिसूचक ११.७५ अंकले बढेर २१९०.३२ विन्दुमा पुगेको छ ।
आज पहिलो घण्टामा २१८१.२७ विन्दुबाट शुरु भएको बजार कारोबारको ०.८२ प्रतिशतले बढेको हो ।
यस अवधिमा १९२ ओटा कम्पनीको १० हजार २८४ पटकको कारोबारमा २१ लाख ६९ हजार ५७९ कित्ता शेयरको १ अर्ब १४ करोड ७ लाख ९४ हजार बराबरको खरीदबिक्री भएको छ ।