जेठ ०४, २०८१, शुक्रबार
               

नेप्से आज १३.०७ अंकले बढ्यो

नेपाल फ्ल्यास
पुस २२, २०७७

ADVERTISEMENT

काठमाडौं । आज (बुधबार) नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसुचक कारोबारको अन्तिम विन्दुमा १३.०७ अंकले बढेको छ । परिसुचक १३.०७ ले बढ्दा २१७८.५७ को बिन्दुमा पुगेको छ । 

आज कारोबारमा आएका १२ उपसमूहमध्ये २ कम्पनी ट्रेडिङ र हाइड्रोपावर कम्पनी घटेका छन् भने १० अन्य कम्पनी बढेका छन् । साताको चौथो दिन सेन्सेटिभ पनि ४.४५ अंकले बढेर ४१८.१४ को बिन्दुमा पुगेको छ ।

यस्तै कारोबारमा आएका २०५ कम्पनिले ४ अर्ब ४२ करोड ५४ लाख बराबरको कारोबार गरेका छन् । अन्तिम समयसम्म १ करोड ५ लाख ३५ हजार २१६ कित्ता शेयर ४० हजार ३६७ पटक कारोबार भएको थियो ।

आज सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २१ करोड ३३ लाख रुपैयाँको शेयर करोबार भएको छ । शिखर इन्स्योरेन्स कम्पनीको २० करोडमाथिको शेयर करोबार भएको छ । त्यस्तै, नेपाल पुनर्बीमाको १७ करोड ४४ लाख रुपैयाँको कारोबार भएको छ । नेपाल टेलिकमको १५ करोडमाथिको शेयर करोबार भएकाने छ ।


कस्तो लाग्यो ?

यो पनि