काठमाडौं । कारोबार भएको तेस्रो घण्टामा आज (बुधवार) नेप्से परिसूचक ६ अंकले बढेर २१७१.४९ विन्दुमा पुगेको छ ।
०.२८ प्रतिशतले बढेको बजारमा २०४ ओटा कम्पनीको ३ अर्ब ६ करोड ३७ लाख बराबरको खरीद-विक्री भएको छ ।
।
यस अवधिसम्म नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ ।
यस कम्पनीको १४ करोड ९६ लाख बराबरको शेयर कारोबार भएको छ ।
सो अवधिसम्म कम्पनीको शेयरमूल्य २३८८ मा कारोबार भइरहेको छ ।