बैशाख २०, २०८१, बिहीबार
               

नेपालको आर्थिक वृद्धि ०.६ प्रतिशतमा सीमित : विश्व बैंक

नेपाल फ्ल्यास
पुस २२, २०७७

ADVERTISEMENT

काठमाडौं । विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ०.६ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ। 

आज (बुधबार) विश्व बैंकले प्रकाशन गरेको ‘ग्लोबल इकोनोमी प्रोस्पेक्ट्स’ रिपोर्टमा नेपालको पर्यटन क्षेत्रमा कोरोना महामारीको असर बढी परेकाले आर्थिक वृद्धिदर सामान्य रहने जनाएको छ । 

रिपोर्ट अनुसार सन् २०२१/०२२ मा भने नेपालको आर्थिक वृद्धिदर २.५ प्रतिशत हुने अनुमान गरेको छ । विश्व बैंकको रिपोर्ट अनुसार समग्र दक्षिण एसियाको आर्थिक वृद्धिदर सन् २०२१ मा ३.३ प्रतिशत हुने जनाएको छ । 

सन् २०२१ मा सबैभन्दा बढी माल्दिभ्सले ९.५ प्रतिशतले आर्थिक वृद्धिदर हासिल गर्ने विश्व बैंकको प्रक्षेपण छ भने सन् २०२०/०२१ मा भारतको आर्थिक वृद्धिदर ९.६ प्रतिशतले खुम्चिने अनुमान गरेको छ ।

यस्तै, विश्व बैंकले सन् २०२१/०२२ मा भारतको आर्थिक वृद्धिदरमा ५.४ प्रतिशतले सुधार हुने अनुमान गरेको छ । 

भारतमा कोरोना महामारीको असर अधिक देखिएपछि आर्थिक वृद्धिदर ९.५ प्रतिशतले घट्ने अनुमान गरेको हो, भने सन् २०२१ मा विश्व अर्थतन्त्रमा ४ प्रतिशत सुधार हुने विश्व बैंकले अनुमान गरेको छ । 

विश्व भरी कोरोना विरुद्धको खोप सर्वत्र उपलब्ध हुने अनुमानका आधारमा विश्व बैंकले उक्त रिपोर्ट सार्वजनिक गरेको हो । सन् २०२० मा विश्व अर्थतन्त्र ४.३ प्रतिशतले गिरावटपछि पुनः माथि उक्लिएको थियो ।

यसैबीच, सन् २०२१ मा अमेरिकाको अर्थतन्त्रमा ३.५ प्रतिशतले सुधार आउने अनुमान गरीएको छ । 

यस्तै, विश्वको ठूलो देश चीनको अथर्तन्त्र पनि सन २०२१ मा ५ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ ।

यो पनि