काठमाडौं । कारोबार भएको पहिलो घण्टामा आज (बुधवार) नेप्से परिसूचक १७.७६ अंकले बढेको छ ।
आज २१७०.८३ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा ०.८२ प्रतिशतले बढेर २१८३.२६ विन्दुमा पुगेको छ ।
यस अवधिमा १८५ ओटा कम्पनीको ९ हजार ३७८ पटकको कारोबारमा १९ लाख १३ हजार ४८३ कित्ता शेयरको ९२ करोड ३५ लाख ७१ हजार बराबरको खरीद-बिक्री भएको छ ।