जेठ ०३, २०८१, बिहीबार
               

घट्यो सुनको मूल्य

नेपाल फ्ल्यास
पुस १४, २०७७

ADVERTISEMENT

स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य प्रतितोला ८०० रुपैयाँले ओरालो लागेको छ । प्रतितोला ७०० ले सोमबार उकालो लागेको सुनको मूल्य आज पुनः ओरालो लागेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला ९४ हजार १०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँमा सोमबार कारोवार भएको थियो । 

यस्तै तेजाबी सुन सोमबार प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोवार भएकामा आज प्रतितोला ९३ हजार ६०० मूल्य निर्धारण भएको छ । तेजाबी सुन पनि प्रतितोला ८०० रुपैयाँले घटेको छ । 

त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला १५ ले घटेको छ । प्रतितोला रु एक हजार ३१५ मा सोमबार कारोवार भएको चाँदी आज भने एक हजार ३०० रुपैयाँ मूल्य निर्धारण भएको छ ।


कस्तो लाग्यो ?

यो पनि