जेठ ०३, २०८१, बिहीबार
               

नेप्से ८ अंकले बढेर २००७.२९ विन्दुमा

नेपाल फ्ल्यास
पुस १३, २०७७

ADVERTISEMENT

काठमाडौं । शेयर बजार (नेप्से) ८.५७ अंकले बढेर २००७.२९ को विन्दुमा पुगेको छ । सोमबार २१४ कम्पनीको ७४ लाख ९७ हजार ३ सय ८४ कित्ता शेयर किनबेच हुँदा  तीन अर्ब ८५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आज धेरै नेपाल लाइफकोे ३४ करोड ९१ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नागरिक लगानी कोषको ३२ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.९० प्रतिशतले बढेको छ भने सेन्ट्रल फाइनान्सका लगानीकर्ताको ९.६२ प्रतिशतले बढेको छ।एसबिएल डिभेञ्चर २०८२ का इकाईधनीले ७.६० का दरले गुमाएका छन् भने समिट माईक्रोफाइनान्स डेभलपमेन्ट बैंकका लगानीकर्ताको ३.८७ प्रतिशतले घटेको छ।


कस्तो लाग्यो ?

यो पनि