काठमाडौं । आज कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक ९.३३ अंकले बढेर २००८.०५ विन्दुमा पुगेको छ । परिसूचक ०.४७ प्रतिशतले बढेको हो ।
दोस्रो घण्टाको अवधिमा २०० ओटा कम्पनीको १ अर्ब ७३ करोड ९ लाख बराबरको खरीदबिक्री भएको छ ।
यस अवधिमा नारायणी विकास बैंक र सेन्ट्रल फाइनान्सको शेयरमूल्य ९.९० र ९.६२ प्रतिशतले वृद्धि भएको छ ।