बैशाख १७, २०८१, सोमबार
               

सुनको मूल्य बढ्यो

नेपाल फ्ल्यास
पुस ०९, २०७७

ADVERTISEMENT

स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज प्रतितोला १०० रुपैयाँले उकालो लागेको छ ।

प्रतितोला ९०० रुपैयाँले बुधबार ओरालो लागेको सुनको मूल्यमा आज झिनो सुधार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन बुधबार प्रतितोला ९४ हजारमा कारोवार भएको थियो । यस्तै तेजाबी सुन प्रतितोला९३ हजार ६०० मा कारोवार भएको छ । तेजाबी सुन बुधबार प्रतितोला ९३ हजार ५०० मा कारोवार भएको थियो ।

चाँदी प्रतितोला एक हजार २८० मा कारोवार भएको छ । बुधबार भने प्रतितोला एक हजार २६५ मा कारोवार भएको थियो । चाँदी बुधबारका तुलनामा आज प्रतितोला १५ ले वृद्धि भएको छ ।


कस्तो लाग्यो ?

यो पनि