बैशाख १७, २०८१, सोमबार
               

प्रमुख राजनीतिक दललाई निजी क्षेत्रको सुझाव : संयमता अपनाइयोस्

नेपाल फ्ल्यास
पुस ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । निजी क्षेत्रका व्यावसायिक संगठनहरुले मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति मुख खोल्न सुरु गरेका छन् ।

संसद विघटन भएसँगै विकसित भएको राजनीतिक घटनालाई इंगित गर्दै निजी क्षेत्रले बुधबार तीनवटै राजनीतिक दलसँग सो आग्रह गरेका हुन् । उनीहरुले राजनीतिक दलहरुलाई संयमतापूर्वक निर्णय लिन आग्रह गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासघ, नेपाल चेम्वर अफ कमर्स र नेपाल उद्योग परिसंघ संयुक्त रुपमा राजनीतिक दलहरू समक्ष सुझबुझ र संयमतापूर्वक निर्णय लिई मुलुकलाई स्थिरतातर्फ लैजाने कार्यमा गम्भीर हुन आग्रह गरेका हुन् । 

राजनीतिक स्थिरताबाट मात्र नीतिगत स्थिरता आउने, नयाँ नयाँ उद्योग, व्यवसाय फस्टाउने, रोजगारी सृजना हुने, नयाँ लगानी आकर्षण हुने र समग्रमा अर्थतन्त्रले गतिलिन सक्ने यथार्थतालाई कसैले पनि भुल्न नहुने उनीहरुको राजनीतिक दललाई सुझवा थियो । 


कस्तो लाग्यो ?

यो पनि