बैशाख १७, २०८१, सोमबार
               

कोरोना बिमा दाबी गर्नेको संख्या बढ्यो

नेपाल फ्ल्यास
पुस ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । बिमासमितिमा कोरोना बिमासम्बन्धी परेको दावी भुक्तानीमा गर्ने काम तीव्र गतिमा कम्पनीले गरिरहेको छ । यस बिमा समितिमा प्राप्त हिजो (मंगलबार) सम्मको केही तथ्यांकका आधारमा २६ हजार ५९७ जनाको फाइल बिमासम्म पुगेका छन्, जसमध्ये १४ हजार १८४ जनाले बिमा रकम प्राप्त गरेका छन् । 

हालसम्म यस कम्पनीले एक अर्ब ३८ करोड ४८ लाख ७५ हजार रुपैयाँ दाबी भुक्तानी दिइसकेको छ ।

बिमा पुलले पठाएको तथ्याङ्कअनुसार एक हजार ८९२ वटा फाईल बुधबारसम्ममा कम्पनीमै फिर्ता पठाइएको छ । फिर्ता पठाइएका फाइलहरुको आवश्यक कागजात पुरा गरेर पुनः पेस गर्न भनिएको छ । दुई हजार जनाको फाइल कागजात नपुगेको भन्दै सम्बन्धित कम्पनीमै फिर्ता पठाइएको छ ।
 
यस्तै, तीन हजार १११ वटा फाईल स्वास्थ्ये सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखामा रोकिएको छ । 

यसैगरी,दोहोरो बिमा दाबी गर्ने ७२ जनाको फाइल बिमा दाबी भुक्तानी नपाउने गरी फाइल क्लोज गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि