जेठ ०२, २०८१, बुधबार
               

नेप्सेको साधारण सभा पुस २९ गते,के के छन एजेण्डा ?

नेपाल फ्ल्यास
पुस ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । शेयर बजारको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले पुस २९ गते ३९ औं वार्षिक साधारण सभा गर्ने भएको छ । सभा नेप्सेको कार्यालय यूएनआई शान्तिमार्ग, काठमाडौंमा विहान ११ बजे हुनेछ ।  

यस सभाले गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्दै २० प्रतिशत बोनस शेयर र ३० प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गर्नेछ । 

हाल यस कम्पनीको चुक्तापुँजी ५० करोड रहेको छ । सभाले नेप्सको अधिकृत पूँजी, जारी पूँजी र चुक्तापूँजी बृद्धि गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

सभा प्रयोजनका लागि नेप्सेले पुस १८ गते एक दिन बुक क्लोज गर्ने जानकारी दिएको छ । पूँजी वृद्धि भएपश्चात प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नुपर्ने हुदाँ उक्त प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

यो पनि