जेठ ०६, २०८१, आइतबार
               

नेप्से ९५ अंकले बढ्यो, हालसम्मकै उच्च अंक

नेपाल फ्ल्यास
पुस ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । शेयर बजार (नेप्से) आज (मंगलवार) हालसम्मकै उच्च अंकले बढेको छ । 

आज शेयर बजार ९५.४६ अंकले बढेर २६१.४१ विन्दुमा पुगेको हो । ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स १५.१८ अंक बढेर ३९१.७४ विन्दुमा पुगेको छ ।

१९८७.४८ विन्दुदेखि खुला भएको बजार निरन्तर बढेर बन्द भएको हो । आज कारोबारमा आएका १२ वटै  समूहको परिसूचक बढेको छ ।

आज बढेका कम्पनीहरुमध्ये, बैंकिङ समूहको ४.४२ प्रतिशत, व्यापारिकको ४.०९ प्रतिशत, होटलको १.०८ प्रतिशत, विकास बैंकको ३.११ प्रतिशत, जलविद्युतको ५.१४ प्रतिशत, वित्तको ३.०१ प्रतिशत, निर्जीवन बिमाको ५.७३ प्रतिशत, उत्पादन तथा प्रशोधनको २.३५ प्रतिशत, र अन्यको ५.०४ प्रतिशत, लघुवित्तको ३.३६ प्रतिशत, जीवन बिमाको ७.४३ प्रतिशत र म्यचुअल फण्डको ०.७२ प्रतिशतले परिसूचक बढेको हो ।

१७५ वटै कम्पनीको शेयरमूल्य बढेको छ भने १२ ओटा कम्पनीको घटेको छ । बाँकी १८ ओटा कम्पनीको शेयरमूल्य स्थिर छ । 

आज २०५ वटा कम्पनीको ५५ हजार ७२१ पटकको व्यापारमा उक्त रकमबराबरको १ करोड २७ लाख १७ हजार १४६ कित्ता शेयर कारोबार भएको छ । परिसूचक वृद्धिसँगै मंगलबार कारोबार रकम पनि ६ अर्ब ७४ करोड ७ लाख ४४ हजार रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि