जेठ ०३, २०८१, बिहीबार
               

नेप्से ३०.३३ अंक बढ्यो

नेपाल फ्ल्यास
पुस ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । शेयर बजार (नेप्से) ३०.३३ अंकले बढेर १९६५.९६ को विन्दुमा कायम भएको छ। अहिलेको राजनीतिक अन्यौलताका बीच सोमबार शेयर बजारको परिसूचक नेप्से ३० अंकले बढेको छ।

हिजो(आइतबार) ९७ अंकले घटेको नेप्से आज ३०.३३ अंकले बढ्न सफल भएको छ । आज २०२ कम्पनीको १ करोड २३ लाख ८२ हजार ४ सय ८२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ६९ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

यस्तै, आज एनआईसी एशिया बैंकका लगानीकर्ताले ९.९० का दरले कमाएका छन् भने एनएमबि लघुवित्तका लागनीकर्ताले ६.२२ प्रतिशतका दरले कमाएका छन् । नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.८७ का दरले घटेको छ, भने युनाईटेड ईदी मर्दीका लगानीकर्ताले ९.८५ प्रतिशतले घटेको छ।

आज सबैभन्दा धेरै नेपाल लाइफकोे ७२ करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ ।त्यस्तै, नेपाल पुनर्बीमाको ५७ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।


कस्तो लाग्यो ?

यो पनि