जेठ ०३, २०८१, बिहीबार
               

९६ अंकले घट्यो नेप्से, कारोबार रकम भने नयाँ उचाइमा

नेपाल फ्ल्यास
पुस ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । साताको पहिलो कारोबार दिन आज (आइतबार) सेयर बजार परिसूचक (नेप्से) ९६.८८ अंकले घटेको छ। राजनीतिक घटना क्रममा आएको परिवर्तनसँगै आज नेप्सेमा ठूलो शेयर कारोबार भएको छ ।

आज १९८ कम्पनीको १ करोड ४५ लाख कित्ता सेयर खरिदबिक्री भएको छ।सूचक घटे पनि कारोबार रकम भने ९ अर्ब ४ करोड ७९ लाख बढी पुगेको छ। 

आज बैंकिङ समूहको सूचक ४४.३३, व्यापार ८६.४२, होटल ५१.९७, विकास बैंक ८०.९२, फाइनान्स २०.५३ अंकले घटेको छ। त्यस्तै जलविद्युत् ११०.४१, निर्जिवन बिमा ५२९.९९, उत्पादन १४०.२४, अन्य १३९.५१, बिमा ६६९.६१ र म्युचुअल फण्डको सूचक ०.११ अंकले ओरालो लागेको छ। 

यसैगरी, आज यूनाइटेड मर्दी जलविद्युत्का लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने सूर्योदय लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले बढी गुमाएका छन्।  


कस्तो लाग्यो ?

यो पनि