बैशाख २७, २०८१, बिहीबार
               

श्रीराम सुगर मिल्सले जम्मा गर्‍यो ३५ करोड, अब किसानलाई बाँडिने

नेपाल फ्ल्यास
पुस ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । रौतहट गरुडास्थित श्रीराम सुगर मिल्सका सञ्चालकले ३५ करोड जम्मा गरेका छन् । उद्योगीले मिल्सको खातामा ३५ करोड रुपैयाँ जम्मा गरेका हुन् । चिनी उद्योगीलाई पक्राउ गर्न प्रहरीले ‘सर्च अपरेशन’ चलाएपछि उनले खातामा सो रकम जम्मा गरेका हुन् । 

रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार सो रकम आजबाट उखु किसानलाई वितरण गर्ने कार्यतालिका छ ।’

उखु किसानको बक्र्यौता नतिरेपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहितका चारजना मन्त्रीले चिनी उद्योगीलाई पक्रने निर्णय गरेका थिए । सो निर्णयपछि प्रहरीले त्यस्ता उद्योगीविरुद्ध ब्यापक ‘सर्च अपरेशन’ चलाएको छ ।

श्रीराम सुगर मिल्सका सञ्चालक विशाल अग्रवालसहित तीन जनाविरुद्ध जिल्ला अदालत रौतहटबाट पक्राउ अनुमति जारी गरिएको छ ।

ठगी मुद्दा’मा विशाल, अर्का संचालक हितेश गोल्छा र मिल्सका कार्यकारी निर्देशक पदमकान्त झाविरुद्ध पक्राउ पुर्जी भएको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि