बैशाख २४, २०८१, सोमबार
               

प्रभु इन्स्योरेन्सको आइपिओमा आवेदन दिने आज अन्तिम दिन

नेपाल फ्ल्यास
पुस ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको आइपिओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । 

मंसिर २९ (सोमबार) गते देखि कम्पनीले प्रति कित्ता एक सयको दरका ६० करोड बराबरको ६० लाख कित्ता साधारण शेयर आईपीओ निस्काशन बिक्री खुला गरेको थियो ।

उक्त ६० लाख कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख  कित्ता साधारण शेयर कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशत शेयर अर्थात ३  लाख  कित्ता साधारण शेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ ।

सर्वसाधारणहरुलाई ५४  लाख  कित्ता शेयर निष्काशन गरिएको छ । लगानीकर्ताले न्युनतम १० कित्तामा आवेदन दिन सक्ने छन् ।

उक्त साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा  सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले न्युनतम १० कित्ता देखि अधिकतम ५००० कित्ता सम्म आवेदन दिन सकिनेछ ।

उक्त आइपीओमा बुधबारसम्ममा ८ लाख ७३ हजार ७९ आवेदनबाट २ करोड ३७ लाख ७६ हजार ४६० कित्ता शेयरका लागि आवेदन परेको सिद्धार्थ क्यापिटलले जनाएको छ ।

हाल कम्पनीमा संस्थापक तर्फको मात्र १ अर्ब ४० करोड चुक्तापूँजी रहेको छ । जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने २ अर्ब पूँजी सर्वसाधारणमा आईपीओ बिक्री गरेपछि कायम हुनेछ ।

उक्त शेयर लगानीकर्ताले सिद्धार्थ क्यापिटल लिमिटेड, नक्साल  काठमाडौं, नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सिआस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

साथै मेरो शेयर एपबाट पनि आवेदन दिन सकिन्छ । 


कस्तो लाग्यो ?

यो पनि