जेठ ०१, २०८१, मंगलबार
               

६.२० अंकले ओरालो लाग्यो नेप्से

नेपाल फ्ल्यास
पुस ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । आज बुधवार शेयर बजार (नेप्से) २ हजार ५५.२२ बिन्दुमा बन्द भएको छ । आज परिसूचक ६.२० अंक घटेको हो । बुधवार नेप्से परिसूचकसँगै मंगलवारको तुलनामा कारोबार रकम पनि घटेको छ । 

आज (बुधवार) ५ अर्ब १४ करोड ४६ लाख ७५ हजार बराबरको १ करोड ५ लाख ५८ हजार ३९१ कित्ता शेयर कारोबार भएको छ । यो कारोबार १९९ ओटा कम्पनीको ४९ हजार १५९ पटकको व्यापारमा भएको हो । 

आज सर्वाधिक रकमको कारोबार नेपाल क्रेडिट एण्ड कमर्स बैंकको भएको छ । उक्त कम्पनीको ३९ करोड ४३ लाख ९५ हजार बराबरको शेयर कारोबार भएको हो ।

सर्वाधिक रकमको कारोबार भएको उक्त कम्पनीको शेयरमूल्य पनि ८.३३ प्रतिशतले बढेर अन्तिम मूल्य ३२५ कायम भएको छ । नेपाल क्रेडिट एण्ड कमर्स बैंकको शेयर न्यूनतम २९९ देखि अधिकतम ३३० सम्म खरिद बिक्री भएको छ ।

त्यस्तै व्यापारिकको १.१८ प्रतिशत, बैंकिङको ०.०६ प्रतिशत, होटलको ०.३६ प्रतिशत, विकास बैंकको ०.४४ प्रतिशत, उत्पादन तथा प्रशोधनको ०.४३ प्रतिशत र म्युचुअल फण्डको ०.०१ प्रतिशत परिसूचक बढेको छ । 

आजको एनएमबि ५० का इकाईधनीहरुले सर्वाधिक गुमाएका छन् । एनएमबि ५० को इकाईमूल्य ४.४८ प्रतिशतले घटेको हो । योसँगै शिखर इन्स्योरेन्सको ३.३३ प्रतिशत, गुडवील फाइनान्सको ३.२६ प्रतिशत र रिडी हाइड्रोपावरको शेयरमूल्य ३.२१ प्रतिशतले घटेको छ ।

यस दिन अन्यको १.५१ प्रतिशत, जलविद्युतको १.४३ प्रतिशत, वित्तको ०.२४ प्रतिशत, निर्जीवन बीमाको १.३९ प्रतिशत र जीवन बीमाको १.१७ प्रतिशत परिसूचक घटेको छ ।सामान्य अंकले घटेको बजारमा छ्याङ्दी हाइड्रो र महुली सामूदायिक लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

त्यस्तै समिट लघुवित्तको ९.९९ प्रतिशत, नारायणी डेभलपमेण्ट बैंकको ९.९८ प्रतिशत आरएमडीसी लघुवित्तको ९.९५ प्रतिशत, माउण्टेन इनर्जी नेपालको र सूर्योदय लघुवित्तको शेयरमूल्य ९.८८ प्रतिशतले बढेको छ ।

माउण्टेन इनर्जी नेपालको दोस्रो बजारमा बुधवारदेखिनै शेयर कारोबार शुरु भएको हो । पहिलो दिन उक्त कम्पनीको सकारात्मक शुरुवात भएको छ ।

आज नेपाल लाइफ इन्स्योरेन्सको पनि ३१ करोड ९१ लाख ७६ हजार बराबरको शेयर कारोबार भएको छ । बुधवारको बजारमा लघुवित्तको सर्वाधिक २.३४ प्रतिशतले परिसूचक बढेको छ ।


कस्तो लाग्यो ?

यो पनि