जेठ ०१, २०८१, मंगलबार
               

नेप्सेमा ५.७५ अंकको गिरावट

नेपाल फ्ल्यास
मंसिर ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । आजको (मंगलबार) शेयर बजार (नेप्से) ५.७५ अंकले घटेर २०६१.४१ को बिन्दुमा कायम भएको छ ।

आज (मंगलबार) २०६७.१७ को बिन्दुबाट सुरु भएको कारोबार ४ घण्टाको अवधि सम्म आइपुग्दाँ ५.७५ अंकले घटेर २०६१.४१को बिन्दुमा पुगेको हो । यसर्थ नेप्से परिसुचक ०.२८ प्रतिशतल घटेको हो ।

कारोबारमा आएका १२ उपसमुहमध्ये ३ उपसमुह मात्र बढेका छन । लाइफ इन्सुरेन्स ५१.७९ बिन्दुले, लघुवित ५९.५९ बिन्दुले र बैंकिङ ०.०८ बिन्दुले बढेका हुन् ।

दिनभरिमा २०५ वटा कम्पनीको ९७ लाख ५५ हजार ५ सय ४७ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ६ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

आजको सबैभन्दा धेरै कारोबार नेपाल लाइफको ५२ करोड ३८ लाख रुपैयाँ भएको छ। त्यस्तै, नेपाल पुनर्बीमाको ३६ करोड ८ लाख रुपैयाँको कारोबार भएको छ ।


कस्तो लाग्यो ?

यो पनि