जेठ ०६, २०८१, आइतबार
               

आज ५६ दशमलब ७२ अंकले बढ्यो नेप्से

नेपाल फ्ल्यास
मंसिर २९, २०७७

ADVERTISEMENT

काठमाडौं । शेयर बजार (नेप्से) कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक ५६.९७ अंकले बढेर २०६५.१७ विन्दुमा पुगेको छ । 

सोमबार सबैभन्दा धेरै शेयर पूँजी भएको वाणिज्य बैंकको सूचक २२ अंकले सुधार हुँदा अन्य सूचकमा राम्रो सुधार भएको छ । व्यापार र निर्जीवन बीमा कम्पनीको सूचक ८ प्रतिशत बढीले बढेको छ । 

सूचिकृत कम्पनीमध्ये २०२ वटाको कारोबार हुँदा १२७ वटाको मूल्य बढेको थियो भने ३७ वटाको मूल्य घटेको छ । २०२ कम्पनीको ७ अर्ब २० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । १ करोड २८ लाख ८८ हजारभन्दा बढी कित्ता कारोबार भएका छन् । हाइड्रोपावरबाहेक बाँकी सबै समूहका सूचक वृद्धि भएका छन् ।

व्यापारिक, जीवन बिमा, निर्जीवन बिमा, उत्पादनमूलक तथा अन्य समूहमा धेरै तेजी आएको छ । करिब १ दर्जन कम्पनीको भाउ सर्किट लाग्ने तहमा बढेको छ । नेपाल लाइफ, नेपाल पुनर्बिमा तथा नेसनल लाइफ अत्याधिक बढी कारोबार हुनेमा परेका छन् । 


कस्तो लाग्यो ?

यो पनि