काठमाडौं । साताको दोस्रो दिन (सोमवार) शेयर बजार(नेप्से) कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक ३०.२७ अंकले बढेर २०४०.७१ विन्दुमा पुगेको छ ।
२०२२.७३ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा १.५१ प्रतिशतले बढेको हो ।
पहिलो घण्टाको अवधिमा १८६ ओटा कम्पनीको १ अर्ब ८१ करोड ५८ लाख बराबरको २६ लाख ४८ हजार ४६३ कित्ता शेयरको खरीदविक्री भएको छ ।