जेठ ०८, २०८१, मंगलबार
               

नेप्से ८.२७ अंकले बढ्यो

नेपाल फ्ल्यास
मंसिर २५, २०७७

ADVERTISEMENT

काठमाडौं । शेयर बजारमा आज (बिहिबार) नेप्से ८.२७ अंकले बढेर १९६४.०२ को विन्दुमा पुगेको छ । 

यस्तै, सेन्सेटिभ परिसूचक २.३२ अंकले बढेर ३९४.०२ मा पुगेको छ । विकास बैंक र हाइड्रोपावर बाहेक अन्य उपसूचक घटेका छन् । 

आज कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये २ समूहको परिसूचक घटेको छ भने बाँकी १० समूहको परिसूचक बढेको छ । 

आज दिनभरिमा २ सय ४ सय वटा कम्पनीको ९८ लाख ८३ हजार १ सय ९७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १४ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

लिबर्टी इनर्जी र प्रभु बैंकको प्रमोटर शेयर १० प्रतिशतले बढेको छ भने नारायणी डेभलपमेन्ट बैंकको शेयर ९.७७ प्रतिशतले बढेको छ ।

अपर तामाकोशीको शेयर ९.८७ प्रतिशतले घटेको छ भने हाईड्रोपवारकोे शेयर ८.६१ प्रतिशतले घटेको छ।

आज सबैभन्दा धेरै नेपाल लाइफ इन्सुरेन्सको ३७ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने, नेपाल पुनर्बीमाको ३५ करोड ३० लाख रुपैयाँको कारोबार भएको छ ।


कस्तो लाग्यो ?

यो पनि