बैशाख १२, २०८१, बुधबार
               

उखु किसानले २८ गतेबाट काठमाडौं केन्द्रित आन्दोलन गर्ने

नेपाल फ्ल्यास
मंसिर २४, २०७७

ADVERTISEMENT

काठमाडौं । चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारले गरेको बाचा पूरा नभएको भन्दै सर्लाहीका उखु किसानले काठमाडौंलाई केन्द्र बनाएर आन्दोलनको घोषणा गरेका छन् ।

अझै ५२ करोड भन्दा धेरै बक्यौता उठाउन बाँकी रहेको भन्दै उनीहरुले मंसिर २८ गतेदेखि माइतीघरमण्डलामा आन्दोलन थाल्ने घोषणा गरेका हुन् ।

यसका अलवा उनीहरुले माइतीघर मण्डलाबाट निकास ननिस्किए सिंहदरबार र बालुवाटार घेराउ गर्नेसम्मका आन्दोलन गर्ने बताएका छन् । 

उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रका अनुसार मंसिर २७ गते बेलुका सर्लाहीबाट पाँच सय जना किसान काठमाडौं आउँदै छन् । सरकारले किसानसँग गरेको पटक-पटकको बाचाअनुसार मंसिर २६ गतेसम्म किसानले बक्यैता प्राप्त गर्नपर्ने भए पनि एक वर्षको अवधिमा कुनै प्रगति नभएको उनको भनाइ छ । 

‘तिहारअघि पनि उद्योग मन्त्रीलाई भेटेर हाम्रो माग राखेका थियौँ, उहाँले पैसा दिलाइदिने भनेर ठूलो-ठूलो कुरा गर्नुभयो, तर पैसा आएन,’ मिश्रले भने ।

काठमाडौं केन्दि्रत आन्दोलनको कार्यक्रमअन्र्तगत माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना दिने, नागरिक समाज, सञ्चारकर्मी र मानवअधिकारकर्मीलाई आफ्नो ब्यथा सुनाउनेलगायत कार्यक्रम रहेको उनको भनाइ छ ।


कस्तो लाग्यो ?

यो पनि