बैशाख २१, २०८१, शुक्रबार
               

एयर बबल कार्यान्वयनका लागि भारतको अनुमति कुर्दै नेपाल

नेपाल फ्ल्यास
मंसिर २४, २०७७

ADVERTISEMENT

काठमाडौं । भारतले प्रस्ताव गरेको एयर बबल अवधारणा अझै कार्यान्वयन हुन सकेको छैन । भारत सरकारले भारत-नेपाल दुबैतर्फबाट दैनिक एक-एक उडान गर्ने निर्णय गरेको सो अवधारण भारतले ढिलाइ गर्दा कार्यान्वयन हुन नसकेको हो । नेपाल सरकारले भारतको सो प्रस्तावमा मंसिर १०मा सहमति जनाएको थियो । 

सो सहमतिअनुरुप नेपाल सरकारले भारत उडानका लागि नेपालबाट नेपाल एयरलाइन्सलाई तोकेको छ । यसका अलवा नेपाल नागरिक उड्डयन प्राधिकरणसहितका निकायले आवश्यक प्रक्रिया पूरा गरेका छन् ।

एयर बबल अवधारणा भारतले कोरोना भाइरसको संक्रमणपछि मुलुकहरुले आफ्ना नागरिकलाई लैजान सक्ने गरी ल्याएको अवधारणा हो । यस स्किमअन्तर्गत नेपाल आउने यात्रुले यात्रु थाल्नु अगाडि नै अन्तर्राष्ट्रिय ट्राभल अनलाइन फारम भर्नुपर्ने भएको छ ।

त्यसैगरी, नेपाल एयरलाइन्सका महाप्रबन्धक डिमप्रसाद पौडेलले भारतले मिति तय गरेसँगै सो अवधारणा कार्यान्वयन हुने बताए । नेपालले सबै प्रक्रिया पूरा गरी भारतको अनुमति कुरेको उनको भनाइ छ । 

यो पनि