जेठ ०६, २०८१, आइतबार
               

३९ अंकले घट्यो नेप्से, हाइड्रोपावरमा भने उत्साह

नेपाल फ्ल्यास
मंसिर २४, २०७७

ADVERTISEMENT

काठमाडौं । शेयर बजारमा आज (बुधबार) नेप्से सूचक ३९.६ अंकले घटेर  १९५५ .७५ अंकमा रोकिएको छ ।

सो अंकले घटेपछि परिसूचक १९५५ मा झरेको छ।

कारोबारको सुरुमै २००८.७४ अंकमा बढेको नेप्से दिनभर ६० अंकको उतार चढाबभित्र कारोबार भएको छ । 

आजको दिन जम्मा ४ अर्ब ७५ करोड रुपैयाँको सेयर किनबेच भएको छ। हिजो ५ अर्ब ७१ करोड रुपैयाँको कारोबार भएको थियो। 

बैंकिङ ३०, ब्यापार ९९, होटल ५९, विकास बैंक २२, फाइनान्स २, निर्जीवन बीमा समूह २२५, उत्पादन ९८, अन्य ४६, माइक्रोफाइनान्स ६९, जीवन बीमा समूह २७० अंकले घटेका छन्। भने जलविद्युत समूह भने २२ अंकले बढेको हो। 

पुनर्बीमा कम्पनीको सबैभन्दा बढी ४२ करोड ४२ लाख रुपैयाँको सेयर किनबेच भएको छ। कम्पनीको मूल्य भने प्रतिकित्ता ६५ रुपैयाँ घटेर १५४० कायम भएको छ। 

त्यस्तै माथिल्लो तामाकोसीको २५ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ। सो कम्पनीको मूल्य भने बढेर ५२७ कायम भएके छ। 

यस दिन नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.९ प्रतिशत मूल्य कमाए।प्रभु बैंकको संस्थापक समूहतर्फको मूल्य ७ प्रतिशतले बढेको छ। 

सान्जेन जलविद्युतको मूल्य ९.८ प्रतिशतले बढेको छ भने रसुवागढीको मूल्य ७.३ प्रतिशतले बढेको छ। अरुण भ्याली हाइड्रो तथा हिमालय उर्जा विकासका लगानीकर्ताले ५ प्रतिशत मूल्य घटेको छ। 

आज २०१ कम्पनीको ४ अर्ब ७४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।


कस्तो लाग्यो ?

यो पनि