बैशाख २२, २०८१, शनिबार
               

नेपालकै ठूलो आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति माग

नेपाल फ्ल्यास
मंसिर २३, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्ब रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बोर्डले अनुमति दिएपछि आइपीओ निष्कासनको थप प्रक्रिया अघि बढ्नेछ । 

बैंकले प्रतिकित्ता १ सय रुपैयाँ दरको ८ करोड कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको हो । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपालकै सबैभन्दा ठूलो आइपीओ बिक्री गर्न लागेको हो ।

हाल यस बैंकको चुक्ता पुँजी १२ अर्ब रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि पुँजी २० अर्ब पुग्नेछ ।  बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १८ करोड १ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । 


कस्तो लाग्यो ?

यो पनि