बैशाख २२, २०८१, शनिबार
               

ज्योति लाइफ इन्सुरेन्सकाे ६६ लाख कित्ता आइपीओ आउने

नेपाल फ्ल्यास
मंसिर २३, २०७७

ADVERTISEMENT

काठमाडौं । ज्योति लाइफ इन्सुरेन्सले ६६ करोड रुपैयाँ बराबरको आइपीओ ल्याउन नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

इन्सुरेन्सले १ सय रुपैयाँ दरका ६६ लाख कित्ता आइपीओ बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो । बोर्डले अनुमति दिएपछि आइपीओ निष्कासनको थप प्रक्रिया अघि बढ्नेछ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्दैछ ।
 
हाल ज्योतिको चुक्ता पुँजी १ अर्ब ५४ करोड रुपैयाँ छ भने आइपीओ जारी भएपछि २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ । 


कस्तो लाग्यो ?

यो पनि