जेठ ०६, २०८१, आइतबार
               

९ अंकले घट्यो नेप्से

नेपाल फ्ल्यास
मंसिर २३, २०७७

ADVERTISEMENT

काठमाडौं । शेयर बजारमा आज (मंगलबार) नेप्से ९.०४ अंकले घटेर १९९५.३५ को विन्दुमा अडिएको छ ।

आजको दिनमा २०२ सय वटा कम्पनीको १ करोड २४ लाख ९० हजार ५ सय ६५ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६७ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको हो ।

आज सबैभन्दा धेरै नेपाल पुनर्बीमाको ४५ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, नेपाल लाइफको ३० करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ ।

यस्तै,नारायणी डेभलपमेन्ट बैंकको शेयर १० प्रतिशतले बढेको छ भने अपर तामाकोशीको शेयर ९.८० प्रतिशतले बढेको छ ।

एभरेष्ट इन्स्योरेन्सकोे प्रमोटर शेयर १० प्रतिशतले घटेको छ भने युनिलिभर नेपालको शेयर ६.०२ प्रतिशतले घटेको छ ।


कस्तो लाग्यो ?

यो पनि