जेठ ०६, २०८१, आइतबार
               

२८ अंकले बढेर २०३२.६२ विन्दुमा नेप्से (१२ बजेको अपडेट)

नेपाल फ्ल्यास
मंसिर २३, २०७७

ADVERTISEMENT

काठमाडौं । आज (मंगलबार) नेप्से परिसूचक कारोबार भएको एक घन्टको अवधिमा २८.२३ अंक बढेर २ हजार ३२.६२ विन्दुमा पुगेको छ ।

यस अवधिमा १८८ ओटा कम्पनीको १ अर्ब ४३ करोड ७९ लाख १६ हजारभन्दा बढीको सेयर खरिदबिक्री छ भने, सबैभन्दा बढी नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशत वृद्धि भएर प्रतिकित्ता ३६३ पुगेको छ ।

१२ ओटा  समूहको कारोबारमा आएकामध्ये सबैभन्दा बढी जलविद्युत् समूहको परिसुचक ५.१६ प्रतिशत वृद्धि भएको छ। सर्वाधिक कारोबार हुनेमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । यस कम्पनीको १६ करोड ६३ लाख ५८ हजार बराबरको सेयर खरीदविक्री भएको हो ।


कस्तो लाग्यो ?

यो पनि