जेठ ०६, २०८१, आइतबार
               

४०.३१ अंकले उकालो लाग्यो नेप्से

नेपाल फ्ल्यास
मंसिर २२, २०७७

ADVERTISEMENT

काठमाडौं । कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक ४०.३१ अंकले बढेर १ हजार ९७२.४२ विन्दुमा पुगेको छ । 

२.०९ प्रतिशतले बढेको बजारमा २०२ ओटा कम्पनीको ५ अर्ब ११ करोड ४ लाख बराबरको शेयर खरीदविक्री भएको छ । उकालो लागेको नेप्से १२ ओटा समूहको परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो । जसमध्ये जलविद्युत समूहको परिसूचक सबैभन्दा बढी ३.९५ प्रतिशतले बढेको छ ।

यसैगरी,आज कारोबारको तेस्रो घण्टामा नारायणी डेभलपमेण्ट बैंकको शेयरमूल्य सबैभन्दा बढी १० प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, तारागाउँ रिजेन्सी, विशाल बजार कम्पनी र अपर तामाकोशी हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । 

यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको ८२ करोड ४३ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य १ हजार ५७४ मा कारोबार भइरहेको छ ।


 


कस्तो लाग्यो ?

यो पनि