जेठ ०६, २०८१, आइतबार
               

आज पनि घट्यो नेप्से, काराेबार भने उत्साहजनक

नेपाल फ्ल्यास
मंसिर २२, २०७७

ADVERTISEMENT

काठमाडौं । आज (सोमवार) कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक ०.२४ अंकले घटेर १ हजार ९३१.८७ विन्दुमा पुगेको छ । 

१ हजार ९२९.४७ विन्दुबाट सुरु भएको आजको बजार कारोबारको पहिलो चरणमा ०.०१ प्रतिशतले घटेको हो । पहिलो घण्टाको अवधिमा १८५ ओटा कम्पनीको २ अर्ब ६५ करोड २५ लाख बराबरको ४० लाख ६ हजार २९८ कित्ता शेयरको खरीदविक्री भएको छ । उक्त कारोबार २१ हजार ३७८ पटकको व्यापारमा भएको हो ।

आज नारायणी डेभलपमेण्ट बैंकको शेयरमूल्य सबैभन्दा बढी ८ प्रतिशतले वृद्धि भएर प्रतिकित्ता शेयरमूल्य ३२४ कायम भएको छ ।  

१२ ओटा समूहको पहिलो घण्टामा कारोबारमा आएका परिसूचकमध्ये व्यापार, विकास बैंक, अन्य र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ भने बाँकी बैंकिङ, होटल्स, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, वित्त, निर्जीवन बीमा र लघुवित्त समूहको परिसूचक बढेको छ ।

यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको ५६ करोड ४८ लाख बराबरको शेयर कारोबार भएको छ । यो अवधिसम्म कम्पनीको शेयरमूल्य १ हजार ४६० मा कारोबार भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि