जेठ ०६, २०८१, आइतबार
               

नेप्से ६ प्रशितले घटेपछि कारोबार बन्द

नेपाल फ्ल्यास
मंसिर २१, २०७७

ADVERTISEMENT

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार नेप्सेमा नकारात्मक सर्किट लागेको छ । नेप्से ६ प्रतिशत घटेपछि आज (आइतबार)का लागि कारोबार स्थगित गरिएको नेप्सेले जनाएको छ ।

आज कारोबार सुरु भएदेखि नै घट्न थालेको बजारमा १२३ अंक अर्थात् ६ प्रतिशत घटेर १ हजार ९३२.९१ विन्दुमा पुगेको छ । आइतबार १२, १,२, बजेसम्मको अवधिमा ७ अर्ब २० करोड ९१ लाख बरावरको शेयर खरीदविक्री भएको छ ।

रिलायन्स फाइनान्सको शेयर २.३० प्रतिशतले बढेको छ भने हिमालयन बैंक डिभेञ्चर २०८३ का शेयर १.९६ प्रतिशतले बढेको छ । डिप्रोक्स डेभलपमेन्ट बैंकको शेयर १० प्रतिशतले घटेको छ भने नेपाल पुनर्बीमा शेयर ९.९७ प्रतिशतले घटेको छ ।


 


कस्तो लाग्यो ?

यो पनि