जेठ ०६, २०८१, आइतबार
               

दोस्रो घण्टामा ३.३९ प्रतिशत ले घट्यो नेप्से

नेपाल फ्ल्यास
मंसिर २१, २०७७

ADVERTISEMENT

काठमाडौं । आज (आइतवार) कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक ६९.६१ अंकले घटेको छ । 

आज (आइतबार) कारोबार शुरु भएदेखि नै ओरालो लागेको बजार कारोबारको दोस्रो घण्टामा ३.३९ प्रतिशतले घटेर १ हजार ९८५.८४ विन्दुमा पुगेको छ । 

दोस्रो घण्टाको अवधिमा १९४ ओटा कम्पनीको ४ अर्ब ३८ करोड ११ लाख बराबरको ९७ लाख ६९ हजार ४८२ कित्ता शेयरको खरीदविक्री भएको छ । उक्त कारोबार ३७ हजार १४३ पटकको व्यापारमा भएको हो ।

१२ ओटा समूहको परिसूचकमध्ये सबै समूहको परिसूचक घटेको छ । जसमध्ये अन्य समूहको परिसूचक सबैभन्दा बढी ५.५९ प्रतिशतले घटेको छ भने जीवन बीमा समूहको परिसूचक ४.५९ प्रतिशतले घटेको छ ।

यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको ८० करोड ९९ लाख बराबरको शेयर कारोबार भएको छ । यस कम्पनीको शेयरमूल्य १ हजार ६१४ मा कारोबार भइरहेको छ ।

सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता १ हजार ८८६ मा २६ करोड २४ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।


कस्तो लाग्यो ?

यो पनि