जेठ ०६, २०८१, आइतबार
               

सिटिजन्स बैंकले लाभांश वितरण गर्ने

नेपाल फ्ल्यास
मंसिर २१, २०७७

ADVERTISEMENT

काठमाडौं । सिटिजन्स बैंकले शेयरधनीहरुलाई ११ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । 

यस बैंकले वार्षिक साधारणसभा गरेर ८ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

उक्त सभा पश्चात सेयरधनीलाई २७ करोड २६ लाख रुपैयाँ दिने निर्णय भएको छ । साधारणसभा पारितसँगै बैंकको चुक्ता पुँजी ७२ करोड ७१ लाख रुपैयाँले बढेको छ। 

१४औं वार्षिक साधारणसभामा बैंकका अध्यक्ष राजनसिंह भण्डारीले आगामी दिनमा बैंकले अझ धेरै प्रगति गर्दै जाने बताए ।

उनले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै बैंकले गत वर्ष एक अर्ब ११ करोड रुपैयाँ नाफा गरेको बताए । 

साथै बैंकले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्दै गरेका बारे पनि जानकारी दिएको छ ।

यस बैंकका साढे ६ लाख ग्राहक रहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि