जेठ ०६, २०८१, आइतबार
               

कारोबारको पहिलो घण्टामा ५९.२७ अंकले घट्यो नेप्से

नेपाल फ्ल्यास
मंसिर २१, २०७७

ADVERTISEMENT

काठमाडौं । साताको पहिलो दिन आज (आइतबार) कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक ५९.२७ अंकले घटेको छ । 

२ हजार ०५१.५१ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा २.८८ प्रतिशतले घटेर १ हजार ९९६.१८ विन्दुमा पुगेको छ । 

आज १९० ओटा कम्पनीको १९ हजार ७२३ पटकको कारोबारमा ३८ लाख ७४ हजार २५७ कित्ता शेयरको २ अर्ब ३७ करोड ८८ लाख बराबरको खरीदविक्री भएको छ । 

पहिलो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो । जसमध्ये अन्य समूहको परिसूचक सबैभन्दा बढी ४.५५ प्रतिशतले घटेको छ । 

नेपाल पुनर्बीमा कम्पनीको यस अवधिसम्म सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको ४३ करोड बराबरको शेयर कारोबार भएको छ । यस कम्पनीको शेयरमूल्य १ हजार ६३९ मा कारोबार भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि