जेठ ०५, २०८१, शनिबार
               

कोरोना बीमाको मागदाबी ३ दिनभित्र भुक्तानी गर्न अर्थमन्त्रालयको निर्देशन

नेपाल फ्ल्यास
मंसिर १८, २०७७

ADVERTISEMENT

काठमाडौं । अर्थमन्त्रालयले बीमा समितिलाई कोरोना बीमाकाे मागदाबी ३ दिनभित्र भुक्तानी दिन निर्देशन दिएको छ। 

गत कात्तिक १८ गते अर्थमन्त्रालयमा बसेको बैठकले सात दिनभित्र बीमा दाबी भुक्तानी गर्ने निर्देशन दिएको थियो । मन्त्रालयले हालसम्म न्यून संख्यामा मात्र भुक्तानी भएको, दैनिक प्रगति प्रतिवेदन नियमित रुपमा मन्त्रालयमा प्राप्त नभएको पुन: निर्देशन दिएकाे हाे । 

कोरोना बीमा मापदण्ड बमोजिम प्रकया तथा कागजात पूरा भएका दाबीहरुको भुक्तानी ३ दिनभित्र गरि दैनिक रुपमा मन्त्रालयमा जानकारी गराउन निर्देशन दिएको छ । यस्तै भेरिफिकेशन गर्न बाँकी दावीको भेरीफिकेशन यथाशीघ्र सम्पन्न गरी भुक्तानी दिने व्यवस्था मिलाउन मन्त्रालयले निर्देशन दिएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि