जेठ ०५, २०८१, शनिबार
               

तेस्रो घण्टामा ४.६८ अंकले घटेयो नेप्से

नेपाल फ्ल्यास
मंसिर १८, २०७७

ADVERTISEMENT

काठमाडौं । आज (बिहीवार) कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक ४.६८ अंकले घटेर २ हजार ०६६. ३४ विन्दुमा पुगेको छ ।

यस अवधिमा नेप्से ०.२३ प्रतिशत घटेको हो । 

तेस्रो घण्टाको अवधिमा १९७ ओटा कम्पनीको ६ अर्ब २९ करोड ११ लाख बराबरको शेयर खरीदविक्री भएको छ । 

१२ ओटा समूहको परिसूचकमध्ये जलविद्युत, उत्पादन तथा प्रशोधन र लघुवित्त समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से नै घटेको हो । 

जसमध्ये व्यापार समूहको परिसूचक सबैभन्दा बढी ३.०४ प्रतिशतले घट्न पुगेको हो । 

यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ ।

उक्त कम्पनीको ९६ करोड ३७ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य १ हजार ७५० मा कारोबार भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि