काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दुई हजार अंकभन्दा माथि पुगेर फर्किएको छ ।
साताको दोस्रो दिन आज सोमबार नेप्से परिसूचकले दुई हजार २८ अंक कायम गरेर फेरि ओर्लिएको हो ।
यो अंक सेयर बजारमा अहिलेसम्मकै सबैभन्दा उच्च बिन्दु हो ।
कारोबार सुरु भएलगत्तै उकालो लागेर उक्त कीर्तिमान कायम गरेको नेप्से अहिले १ बजेसम्मको अवधिमा भने ४ अकं बढेको छ ।
अहिलेसम्म चार अर्ब ९० करोड रूपैयाँको कारोबार भइसकेको छ ।