जेठ ०४, २०८१, शुक्रबार
               

शेयर बजारमा नयाँ ‘रेकर्ड ब्रेक’

नेपाल फ्ल्यास
मंसिर १४, २०७७

ADVERTISEMENT

काठमाडौं । आज शेयर बजारमा काराेबार र परिसूचकमा नयाँ रेकर्ड बनेकाे छ । आज एकैदिन ९ अर्ब २२ करोडको कारोबार भएको छ । जुन, अहिलेसम्मकै सबैभन्दा धेरै कारोबार रकम हो ।

 साथै नेप्से परिसूचक ७५ अंकले बढेर एक हजार ९६८ अंकमा पुगेको छ । यो अहिलेसम्मकै उच्च परिसूचक हो । यसअघि गत साता ७ अर्ब ६१ करोड रूपैयाँको कारोबार भएको थियो।

आज अहिलेसम्मकै सबैभन्दा बढी २ करोड ५९ लाख कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबार भएकामध्ये चार समूहमा गिरावट आए पनि बजारले नयाँ कीर्तिमान कायम गरेको हो । आज व्यापार, होटल, निर्जीवन बीमा कम्पनी र उत्पादनमुलक समूहको सूचक घटेको छ ।
 


कस्तो लाग्यो ?

यो पनि