मंसिर ०७, २०८१, शुक्रबार
               

सानिमा जनरल इन्सुरेन्स नेप्सेमा सूचीकृत, बुधबारबाट कारोबार खुला

नेपाल फ्ल्यास
कात्तिक १८, २०७७

ADVERTISEMENT


काठमाडौं । सानिमा जनरल इन्सुरेन्सको आइपिओ नेप्सेमा सूचीकरण भएको छ । अब बुधबारबाट यसको सेयर कारोबार खुला हुनेछ ।

नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको छ । जसअनुसार पहिलो कारोबार न्यूनतम १०३ रुपैयाँ ७३ पैसादेखि अधिकतम ३११ रुपैयाँ १९ पैसाभित्र रहेर हुनेछ ।

एसजिआई(SGI) संकेतमा यसको कारोबार खुला हुनेछ । सानिमाको १ करोड कित्ता सेयर सूचीकरण गरिएको हो ।


कस्तो लाग्यो ?

यो पनि