बैशाख १४, २०८१, शुक्रबार
               

धान भित्र्याइसकेपछि बल्ल आयो डिएपी मल

नेपाल फ्ल्यास
कात्तिक १६, २०७७

ADVERTISEMENT

धान काटेर गहुँ छर्ने बेला भइसक्दासमेत जिल्लामा मल नपाउँदा किसान चिन्तित भइरहेको बेला जिल्लामा बल्ल डिएपी मल आएको छ । कृषि सामग्री कम्पनी लिमिटेडले यहाँका एग्रोभेटका व्यापारीमार्फत बिक्रीका लागि मल पठाएको हो । 

डिएपी मल आएसँगै यहाँका किसानको अर्को सिजनको खेतिका लागि मल किन्न पसलमा भीड लाग्न थालेको छ ।

जिल्लाको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारमा रहेको साजन एग्रोभेट तथा शाही एग्रोभेटले कम्तीमा पनि दुई–दुई टन डिएपी मल ल्याएपछि अहिले मलका लागि किसानको भीड लाग्ने गरेको स्थानीयवासी हर्कहबहादुर बमले बताए । उनले भने, “जिल्लामा कम्तीमा पनि २५ टन मल आवश्यक पर्छ, अहिले व्यापारीले चार टन मल ल्याएपछि केही राहत भएको छ ।” 

प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले कम्पनीमा मल पठाउनका लागि आग्रह गरेपछि बल्ल जिल्लामा मल आएको हो । डिएपी मल आए पनि युरिया मल भने अहिलेसम्म आउन सकेको छैन ।

कृषि सामग्री कम्पनी लिमिटेडमा युरिया मल नभएका कारण पठाउन नसकिएको कम्पनीले जनाएको छ । भारतबाट नै मल नआएका कारण यहाँका जिल्लामा मल पठाउन नसकिएको कम्पनीको दाबी छ । 
 


कस्तो लाग्यो ?

यो पनि