जेठ ०५, २०८१, शनिबार
               

बाढीपहिराे पीडितलाई बागलुङ समाज अमेरीकाको २५ लाख सहयोग

नेपाल फ्ल्यास
असोज २४, २०७७

ADVERTISEMENT

बलेवा । गत भदौ १७ गतेको बाढीपहिराेले प्रभावित बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङका पीडितलाई बागलुङ सेवा समाज अमेरिकाले २५ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।

बाढीपहिरो पीडितलाई राहत स्वरुप नगरपालिका मार्फत समाजले नगद उपलब्ध गराएको हो । विभिन्न कामको सिलसिलामा अमेरीकामा रहेका बागलुङ घर भएका युवाले राहत रकम संकलन गरेका थिए । 

बाढी प्रभावितको राहत र पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले सञ्चालन गरिएको आर्थिक संकलन अभियानबाट संकलित उक्त रकम हस्तान्तरण गरिएको समाजका कोषाध्यक्ष सन्तोष खत्रीले जानकारी दिए । समाजका सल्लाहकार सिंहबहादुर राणाले राहत नगरप्रमुख देवकुमार नेपालीलाई हस्तान्तरण गरेका थिए ।

प्राप्त राहत नगरपालिकाले एकद्धार प्रणालीमार्फत पुनःस्थापनामा सदुपयोग गर्ने छ । बोबाङ खोलामा आएको भीषण बाढीपहिरोले मानवीय तथा भौतिक क्षति पुर्याएपछि आफूहरुले राहत संकलन अभियान थालेको समाजका अध्यक्ष हरि पौडेलको भनाइ छ ।

बाढीपहिरोमा २२ जनाले ज्यान गुमाएका थिए भने १५ जना अझै बेपत्ता छन् । ढोरपाटन नगरपालिकाको– ७, ८ र ९ का १ सय २७ परिवार घरबार बिहिन बनेका छन् । 


कस्तो लाग्यो ?

यो पनि