जेठ ०६, २०८१, आइतबार
               

दशैंअघि नै प्याज सहजीकरण गरिदिन भारतसँग पहल

नेपाल फ्ल्यास
असोज २०, २०७७

ADVERTISEMENT

काठमाडौं । दशैँको मुखमा बजारमा प्याजको हाहाकार भएपछि सरकारले भारतसँग छलफल थालेको छ । प्याजमा लगाइएको बन्देज खोल्न चाडपर्व अघि नै खुलाउन अनौपचारिक छलफल भइरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

नेपालका लागि चाडपर्वको मुखमा प्याजको सहजीकरण गरिदिन छलफल भई रहेको वाणिज्य तथा आपूर्ति सचिव डा. बैकुण्ठ अर्यालले बताए ।‘हामी अनौपचारिक छलफलमा छौँ, यही चरणमा केही सहमति बने औपचारिक प्रक्रिया अघि बढ्छ,’ वाणिज्य सचिव डा. बैकुण्ठ अर्यालले भने । प्याजको आयात खुलाउन वाणिज्य मन्त्री र सरकारका अन्य निकायबाट पनि अनौपचारिक सम्बाद जारी रहेको सचिव अर्यालले बताए ।

अनौपचारिक सम्बादमा भारतीय अधिकारीहरुले आफ्नै समस्याहरु बताउने गरेको उनले सुनाए । प्याज सहज हुनुपर्छ भनेर मन्त्रालय गम्भीर ढंगले अगाडि बढेपनि सहमतिको निश्चित आकार भने बनिनसकेको मन्त्रालयले जनाएको छ ।

आफ्नो मुलुकमा अभाव भएको भन्दै भारतले गत भदौ २९ गतेदेखि प्याजको निर्यातमा रोक लगाएको छ । सुकेको प्याजका लागि भारतमा निर्भर नेपाली बजारमा अहिले प्याजको हाहाकार छ ।

भारतीय प्रतिबन्ध अघि बजारमा प्रतिकिलो ४५ रुपैयाँमा किनबेच हुने प्याजको भाउ अहिले एक सय ५० रुपैयाँ भन्दा माथि पुगेको छ । मुख्य चाडपर्वमा प्याजको माग अत्याधिक भएपनि बजारमा प्याज भने पाउनै छोडेको उपभोक्ताले गुनासो गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि