जेठ ०५, २०८१, शनिबार
               

तातोपानी नाका सञ्चालन

नेपाल फ्ल्यास
असोज १९, २०७७

ADVERTISEMENT

काठमाडौं । उत्तरी सीमा तातोपानी नाका सञ्चालनमा आएको छ ।  करिब डेढ महिना ठप्प रहेको सो नाका नेपाली र चिनियाँ अधिकारीबीच सहमति भएसँगै सोमबारबाट सञ्चालनमा आएको हो । असोज १३ दुई पक्षबीच नाका खोल्ने विषयमा दुई पक्षबीच सहमति भएको थियो । 

यसअघि तिब्बतको स्थानीय प्रशासन नेलाम काउन्टीले खासाभन्दा करिब ३५ किमिमाथिको ‘क्यानोन कु’ ताल फुट्ने जोखिम भएको भनी  सूचना जारी गरेसँगै सो नाका बन्द भएको थियो । 

नाका खुलेलगत्तै नाकाबाट नेपाल-चीन सामान ढुवानी गर्ने सवारीसाधनको आवतजावतको भीड बढेको छ । नाकाबाट कोरोना संक्रमण भित्रिन नदिन तातोपानी भन्सार कार्यालयले सामान ल्याउन २९ जनाको दुई टिम तयारी अवस्थामा राखेको छ ।

उनीहरुको पाँच दिनमा दिनमा परीक्षण गरिने बताइएको छ । यसअघि तातोपानी नाकामा कार्यरत चालक र मजदुर गरी तीनजनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो पनि