बैशाख १४, २०८१, शुक्रबार
               

‘कतारबाट नेपाली श्रमिकको उद्धारका लागि दैनिक चार उडान आवश्यक पर्छ’

नेपाल फ्ल्यास
असोज ०५, २०७७

ADVERTISEMENT

काठमाडौं  । कतारका लागि नेपाली राजदूत नारद भारद्वाजले अलपत्र नेपाली श्रमिकको उद्धारका लागि दैनिक चार वटा उडान आवश्यक रहेको बताएका छन्  ।

सोमबार प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले यस्तो बताएका हुन् । 

प्रविधिको प्रयोगमार्फत् बैठकमा सहभागी भएका उनले कतारबाट नेपालीको उद्धारका लागि नियमित उडानको व्यवस्था नभएको बताएका हुन्। 

हाल कतारबाट १६ हजार भन्दा बढी नेपाली स्वदेश फर्किने प्रतीक्षामा रहेका उनले जानकारी दिए । उनका अनुसार चाँडपर्व नजिकिँदै गर्दा नेपाल आउने संख्या अझ बढी रहको उनको भनाइ थियो । 


कस्तो लाग्यो ?

यो पनि